१६ चैत्र २०८०, शुक्रबार

चार महिनापछि सुरु भयो मापसे जाँच, उपत्यकाका ३९ स्थानमा ‘चेक पोइन्ट’

Traffic checking

कोडिभ–१९ को जोखिमका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मादक पदार्थ सेवन(मापसे) चेकिङ गर्ने भएको छ।

बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।

मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको ढकालले जानकारी दिए।

हामीले बुधबारदेखि कडाइका साथ मापसे चेक गर्न लागेका छौं, उनले भने, मापसे गर्ने क्षेत्रमा निगरानी बढाउँछौं र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्छौं।

त्यस्तै, मापसेको गरेरनगरेको जाँच्न भने अहिलेलाई मेसिनको प्रयोग नगर्ने उनले बताए।

चलाउने तरिकालाई हेरी, सर्वसाधारणबाट सूचना लिई, बोली वचन हेरी मापसे गरेरनगरेको थाहा पाउन सकिन्छ, उनले भने, शंका लागेमा हामीले गाडीमा हालेर अस्पताल लगेर पनि जाँच्न लगाउँछौं।

‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए । उनले भने,

महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।

उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा ‘चेक पोइन्ट’ राखिनेछ।