१६ बैशाख २०८१, आईतवार

कडाइ तीव्र मापसे चेकजाँचमा, १८९ चालक कारबाहीमा

mapase IJt0AF0Lwe

तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ । प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो ।

लेन अनुशासन पालना नगर्ने ७६  सवारी चालक पनि कारबाहीमा परेका छन् ।

सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न  बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।