८ बैशाख २०८१, शनिबार

लकडाउन सकिए पनि काठमाडौं उपत्यका छिर्न पास चाहिने

ezgif.com webp to jpg 1

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ ।

गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने भएको छ।

मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो ।

अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको बताए ।

‘लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन। त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर छ,’ गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले भने।

उनले भने, ‘साउन मसान्तसम्म यो निर्णय यथावत रहनेछ ।’

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ।

मन्त्रिपरिषदले १ भदौदेखि लामो दूरीको यातायात पनि चल्न दिने भनेको छ । तर, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मादण्ड बनाउने भनिएको छ ।

तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन्। त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ।

‘भदौपछिको हकमा यातायात मन्त्रालयले भने बमोजिम हुनेछ’, अधिकारीले भने ।