७ बैशाख २०८१, शुक्रबार

लिभरपुल माथी आर्सनलको २-१ को जित

nelson goal

गए राती भएको खेलमा लिग विजेता लिभरपुललाई प्रतिद्वन्दी आर्सनलले २-१ ले हराएको छ ।

आर्सनलका लागी लाकाजेट र नेल्सनले क्रमश: ३२औ र ४४औ मिनेटमा गोल गर्दै खेलमा २-१ को अग्रता लिए । लिभरपुल गोलकिपर एलिसनको खराब पासको फाइदा उठाउँदै नेल्सनले दोस्रो गोल गरे ।

लिभरपुलको लागी साडियो मानेले खेलको २० औ मिनेटमा एन्ड्र्यु रोबर्ट्सनको क्रसमा पहिलो गोल गरे पनि लिभरपुलले अग्रता कायम राख्न सकेन।

sadio mane goal

आर्सनलको घरेलु मैदानमा भएको उक्त खेल निकै रोमन्चक भएको थियो ।