१४ बैशाख २०८१, शुक्रबार

जीमेलमा सुविधा थप्दै गुगल, माइक्रोसफ्ट भन्दा अगाडि बढ्ने लक्ष्य

GSuiteService.original

कर्पोरेट जीमेलका ग्राहकहरु अब अनलाईन फाइलहरु र डकुमेन्टहरु जीमेलका भित्रबाटनै सम्पादन गर्ने सक्ने छन । यो भन्दाअ अगडी कुनै डकुमेन्ट फाइलहरु सम्पादन गर्न आर्को विन्डोमा जानु पर्ने वाध्यता थियो ।

यो सुविधा थपे संगै गुगलले माइक्रोसफ्टका ग्राहकहरु आफुतीर आकर्षित गर्ने लक्ष्य लिएको छ ।

यस सम्बन्धी घोषणा गुगलको क्लाउड इकाईको वार्षिक ग्राहक र पार्टनर सम्मेलनमा गरिएको थियो ।

गुगलले एक दशक भन्दा बढी समयदेखि माइक्रोसफ्ट कर्पको लय समात्न प्रयास गरिरहेको छ । माइक्रोसफ्टको कर्पोरेट ईमेल र कागजात सम्पादन उपायोगिताले गर्दा बजारमा माइक्रोसफ्टको प्रभुत्व कायम छ।

दुबै कम्पनीहरूले महामारीको समयमा घरबाट बसै काम गर्ने कम्पनीहरूलाई आकर्षित गर्न नयाँ भिडियो कलिंग सुविधाहरू र अन्य विशेषताहरू थपेका छन्।

बुधवार एक अन्तर्वार्तामा गुगलका उपाध्यक्ष जाभियर सोल्टेरो ले भने “माइक्रोसफ्टमा अझै पनि जाँच गर्न दुई अलग ठाउँ, दुई फरक बानी, दुई इनबक्स हेर्न पर्छ ।” जाभियर माइक्रोसफ्टका पुर्व कर्मचारी हुन जो अहिले गुगलका लागि काम गर्छन्।

सोल्टेरोका अनुसार जिमेल नि:शुल्क संस्करण उपभोक्ताहरूले भविष्यमा अहिले थपिन लागेका विशेषताहरू प्रयोग गर्न पाउनेछन्, तर आहिलेलाई भने यि विशेषताहरू स:शुल्क संस्करणमा मात्र उपलब्ध हुनेछ ।