११ बैशाख २०८१, मंगलवार

आज देखी निजी शैक्षिक संस्थाहरुको अनलाइन पठनपाठन बन्द

online education scaled

आज देखी निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गरेका छन् । सरकारले भनेका वैकल्पिक शिक्षण सिकाइका सबै क्रियाकलाप पनि स्थगन गर्ने निर्णय विद्यालय सञ्चालकले गरेका छन्।

प्याब्सन र एनप्याब्सनको बुधबार बसेको बैठकले सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन् । सरकारले लकडाउन घोषणा गरेसँगै निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए ।

निजी शैक्षिक संस्थाहरुका छाता संगठनहरुले ७ असारमा नियमित अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका साथै यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरुलाई आह्वान गरेको थियो जसको सर्वत्र विरोध भयो ।

सरकारले अनलाइन शिक्षाका नाममा शुल्क नअसुल्न निर्देशन जारी गर्‍यो । यसैलाई कारण देखाउदै निजी स्कुलका सञ्चालकहरुले भने आम्दानी शून्य भएका कारणले आर्थिक समस्या देखाउँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन ।

वैकपिक शिक्षाका बन्द भए संगै शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका छन ।

pabson npabson page 001
pabson npabson page 002