१३ बैशाख २०८१, बिहीबार

थप बजेटको व्यवस्था गरेर पुरातत्व विभागले ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने

Department of Archaeology

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ ।

पुरातत्व विभागले चासो बढाए पछी त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ । ‘माथिबाट हामीलाई निर्देशन आउनासाथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँछौं,’ एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले बोल्नुभएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ ।’

हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसकिने र अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । विभागका अनुसार थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने छ ।

अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको र अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो वा थिएन भन्ने स्पष्ट हुने बताउँछन् । अयोध्यापुरी क्षेत्रमा रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ भने सोही क्षेत्रमा वाल्मीकि आमश्र छ ।

स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट दिने गरेको छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन ।