१५ चैत्र २०८०, बिहीबार

लोक सेवाले निकाल्यो नयाँ पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका

for slider lok sewa

लोक सेवा आयोगले पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सूचना जारी गरी पदपूर्तिसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेको छ।

आयोगले सरकारी निकायका विभिन्न पदपूर्तिका लागि विज्ञापन गर्ने लगायत कामकारवाहीको वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो।

बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले निजामती सेवा, सुरक्षा र संगठित संस्थाका विभिन्न पदको पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकामा २०७६ र ०७७ को लागि विज्ञापन गरिएका पदहरूको पनि परीक्षा लिइने गरी समयावधि तोकिएको छ । आयोगले पहिलो चरणको परीक्षा लिइसकेका विज्ञापनहरूको लिखित परीक्षा भदौ र असोजमा हुने बताएको छ ।यस्तै लिखित परीक्षा सञ्चालन हुन बाँकी रहेका विज्ञापनहरूको भने नेपाल सरकारबाट अनुरोध भएमा परीक्षा कार्यक्रम तय गरिने आयोगले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि निर्धारित कार्यतालिकामा निजामती सेवाका पदमा असोजको अन्तिम बुधवारदेखि विज्ञापन आह्वान हुने उल्लेख गरिएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण भएको लकडाउनले प्रभावित भएका कार्यतालिकालाई समेत लोक सेवाले अगाडि बढाउने कार्यतालिकामा समावेश छ ।

आयोगले कोभिड १९ का कारण स्थिति सामान्य हुन नसकेमा पुनः कार्यतालिका पुनरावलोकन गर्न सकिने पनि बताएको छ ।

यस्तो छ लोक सेवाको कार्यतालिका सम्बन्धी सूचना

lok 1 CadAPIkWcm
lok 2 QuKVK9JXf0