१३ बैशाख २०८१, बिहीबार

बाढीपहिराेका कारण एकैदिन २३ को निधन, ३६ बेपत्ता, २६ जना घाइते

collection

लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढीपहिरो गएको छ। शुक्रबार मात्र ६ जिल्लामा पहिरो र दुई जिल्लामा बाढी गएको हो।

भारी वर्षासँगै आज देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोका घटनामा २३ जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा शुक्रबार मात्र २३ जनाको ज्यान गएको छ। ती घटनामा ३६ जना बेपत्ता भएका छन्, भने २६ जना घाइते भएका छन्।

शुक्रबार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा बाढीपहिरो गएको हो।

म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको हो। ती घटनामा ३ जनाको ज्यान गएको छ, भने ३१ जना अझै बेपत्ता छन्।

राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रको विवरणअनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी ८ जिल्ला प्रभावित भएका छन् । तीमध्ये ६ जिल्लामा मानवीय क्षति भएको छ । बुधबार राति सिन्धुपाल्चोक जिल्लामा धनजनको क्षती भएको थियो ।

“आज बिहानदेखि साँझसम्मको रेकर्डअनुसार ६ जिल्लामा पहिरो गएको छ भने दुई स्थानमा बाढीले क्षति पुर्‍याएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म पहिरोबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने २६ जना घाइते र ३६ जना बेपत्ता छन्।” 

लमजुङको बेशिसहर नगरपालिका सातबिसेमा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ। ३ जना घाइते भएका छन्।

कास्कीको पोखरा महानगरपालिका, सारङकोट, हेम्जा र पैतेडाँडामा पहिरो गएको छ। ती घटनामा ७ जनाको मृत्यु भएको छ १७ जना घाइते भएका छन्।

रुकुम पश्चिमको आठविसेकोट नगरपालिका रजेखोलामा पहिरो जाँदा २ जनाको मृत्यु भएको भने १ जना घाइते भएका छन्।

जाजरकोटको बारकोट गाउँपालिकामा पहिरो जाँदा ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। ५ जना बेपत्ता छन्। गुल्मीको कालीगण्डकीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार सिन्धुपाल्चोकमा बाढी गएको थियो। उक्त घटनामा २ जनाको ज्यान गएको थियो। २१ जना बेपत्ता छन्

प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ । कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकाले उद्धारमा कठिनाइ भएको केन्द्रको भनाइ छ ।

कतिपय स्थानमा हेलिकप्टरबाट पनि उद्धारको प्रयास गरिएको छ । तर, मौसमका कारण समस्या भइरहेको छ ।

कास्की र जाजरकोट सबैभन्दा बढी मानवीय क्षति

सबैभन्दा बढी मानवीय क्षति कास्की र जाजरकोटमा भएको छ । दुवै जिल्लामा ७÷७ जनाको मृत्यु भएको छ ।

पोखरा–१८, सराङ्कोटको गोठादीका टंकबहादुर थापा र पोखरा–२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर बगाउँदा ८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या ११ छ ।

थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाति र छिमेकी इशिका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको ज्यान गएको छ ।

जाजरकोटमा पहिरोले दुई घर बगाउँदा ७ जनाको मृत्यु भएको छ । ५ जना अझै बेपत्ता छन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका–४, सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीया छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुना आएका कुशे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १९ वर्षीय वीरेन्द्र सार्कीको पनि मृत्यु भएको हो । अन्य तीन जनाको सनाखत भइसकेको छैन ।

बेपत्ता अन्यको खोजी भइरहेको छ ।

BasudevPaudel Pokhara RSS 26 20200710 0837271
BasudevPaudel Pokhara RSS 26 20200710 0837272
HemantKC Jajarkot RSS 26
KN Damauli pulduban
KrishnaNeupane Damauli RSS Puljokhimphoto41
KrishnaNeupane Damauli RSS Puljokhimphoto422020 07 10 04 20 46
RADHIKAKANDEL Pokhara RSS IMG 20200710 0915572 1
seti nadi

म्याग्दीमा ३ जनाको मृत्यु, उद्धारमा कठिनाइ

म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

म्यादीको धौलागिरि गाउँपालिका–७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । ३१ जना अझै बेपत्ता छन् ।

रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

SantoshGautam Myagdi RSS 26 IMG 8517 1
SG Myagdi 8474

पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’, उनले भने । उद्धार टोली पुर्‍याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको थियो । तर, मौसमका कारण बीचबाटै तीन पटक होलिकप्टर फर्किएको छ ।

प्रहरीका अनुसार रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको छ ।

लमजुङमा तीनजनाको मत्यु

लमजुङको बेंसीशहर नगरपालिका–७, सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।

विहीबार राति करिब ११ बजे ढुंगासहित खसेको पहिरोमा घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

विहीबारकै रात लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

jslamjung 01
JanakShrestha Lamajung RSS 26 gharkoaaganmagayakopahiropiclamjung

रुकुम र गुल्मीमा तीन जनाको मृत्यु

रुकुम पश्चिममा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । आठबीसकोट नगरपालिका–३, रजेखोलामा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ६ बजे गएको पहिरोले तुलबहादुर दमाईको एक तले घर पुर्दा उनकी श्रीमती २८ वर्षीय सीता र ६ वर्षीय छोरा हाबिलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घर पुरिँदा घाइते ८ वर्षीया छोरी हिराको अवस्था सामान्य छ ।

यस्तै, गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु भएको हो ।

श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।

bajhang pahiro
kushma pahiro
1594380378pahiro
Jajarkot 1
jajarkot pahiro 3izhc7zYrV
seti nadi
BBB Doti pahiralegadichepiyo
GangarajPandit Bajura RSS 26 2
HemantKC Jajarkot RSS 26

तस्विर स्रोत्: रासस, सामाजिक सन्जाल