२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीको चेतावनी- काठमाडौँ उपत्यकामा कोरोना संक्रमण भयाभव हुनसक्छ

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरससँग जुधिरहेका बेला बाढीपहिरोका घटना प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन् ।

शुक्रबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले रोग र भोगबाट देशवासीलाई जोगाउन सरकार लागिपरेको बताए। उनले सरकारको ध्यान महामारी र विपत्तिमा परेका नागरिकको जीउधनको रक्षामा रहेको बताए।

प्रधानमन्त्री ओलीले नेपालमा पिसीआर परीक्षण कुल जनसंख्याको २ प्रतिशत पु-याउने लक्ष्य रहेको समेत बताए।

लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ । गत असार असार ९ गतेदेखि काठमाडौँ उपत्यकामा कोरोना संक्रमित तीव्र रुपमा बढिरहेको उल्लेख गर्दै उनले उपत्यकामा अवस्था भयावह हुनसक्ने चेतावनी दिए।

उपत्यकामा कोरोनाको महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै गएको बताउँदै ओलीले लकडाउन केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको बताए।

गत असार ९ देखि २४ गतेबीच मात्रै उपत्यकामा संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको छ।

उनले ९ गते उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २ सय ३३ पुगेको तथ्यांक समेत प्रस्तुत गरे। ‘यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै जाँदैछ। यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्छ।’

ओलीले अनुशासन र सचेत रहन सबैमा आह्वान गरे। राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक÷ स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनैपनि हालतमा अपनाउनु पर्दछ । छोटकरीमा एस–एम–एस भनिएको– सामाजिक दूरी कायमगराउने मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने कामको लागि म सबैको विशेषध्यानाकर्षण गराउन चाहन्छु ।