१४ बैशाख २०८१, शुक्रबार

शुक्रबार रातिबाट बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Nepal Oil Corporation

नेपाल आयल निगमले १० दिनको अन्तरालमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलकाे मूल्य प्रतिलिटर १/१ रुपैयाँले बढाएको हो।

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ।

निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ।

जुलाई १ मा भारतीय आयल कर्पोरेसनबाट आएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ६ रुपैयाँ ७७ पैसा बढेर आएको निगमले जनाएको छ।

खाना पकाउने ग्यासमा मुल्यवृद्धी भएपनी नेपालामा एलपिजी ग्यासको मूल्य भने यथावत राखिएको छ। त्यस्तै हवाई इन्धनको मुल्य पनि बढेको छैन ।