११ बैशाख २०८१, मंगलवार

लिंक्डइनले क्लिपबोर्ड सामग्री गोप्य रूपमा पढ्ने आरोप लगाउँदै एप्पल प्रयोगकर्ताले हाले मुद्दा

linkedin og social share image

माइक्रोसफ्ट कर्पको लिंक्डइनलाई न्यु योर्कका एक आईफोन प्रयोगकर्ताले एप्पल इंकको युनिभर्सल क्लिपबोर्ड एप्लिकेसनबाट प्रयोगकर्ताको संवेदनशील सामग्री पढ्ने र डाइभर्ट गरेको आरोपमा शुक्रबार मुद्दा हालेका छन ।

एप्पलको वेबसाइटका अनुसार, युनिभर्सल क्लिपबोर्डले प्रयोगकर्ताहरूलाई एउटा एप्पल एपबाट शब्द, फोटो र भिडियोहरू नक्कल गर्न र त्यसपछि अर्को एप्पल एपमा सोही सामग्री टाँस्न सहयोग गर्छ।

सान्फ्रान्सिस्कोको संघीय अदालतमा एडम बाउरद्वारा दायर गरिएको मुद्दा अनुसार लिंक्डइनले प्रयोगकर्तालाई सूचित नगरी क्लिपबोर्डमा भएको जानकारी पढ्छ।

यस सम्बन्धमा लिंक्डइनले कुनै प्रतिक्रीया जनाएको छैन ।

गत हप्ता संचार माध्यममा आए अनुसार टिकटक र लिंक्डइनसहित ५३ अरु एपहरुले प्रयोगकर्ताको युनिभर्सल क्लिपबोर्डबाट सामग्री पढिरहेका छन ।

धेरै गुनासो आएपछी एप्पलको अपरेटिंग सिस्टम ios14 का विकासकर्ताहरू र परीक्षकहरूले आईफोन र आईप्याडमा लिंक्डइनको एपले “गोप्य रूपमा” प्रयोगकर्ताहरूको क्लिपबोर्ड “धेरै” पढ्ने गरेको पाएका छन ।