७ बैशाख २०८१, शुक्रबार

आइफोनमा अब जासुसी क्यामेरा, बच्चासँग सम्बन्धित अश्लिल सामग्री रोकिने

iphone

एप्पलले एक फोटो आइडेन्टिटी टुलको घोषणा गर्ने योजना बनाएको छ । यो टुलले आइओएस प्लेटफर्ममा रहेका फोटो लाइब्रेरीमा बालबालिकाको अश्लिल फोटो पहिचान गर्नेछ ।

एप्पलले पहिलो बालबालिकासँग सम्बन्धित अश्लिल सामग्रीका कारण उत्पन्न परिस्थितिलाई लिएर एप स्टोरबाट एपहरुलाई हटाएको थियो । तर अब भने कम्पनीले यसप्रकारको सिस्टमलाई व्यापकरुपमा प्रयोगमा ल्याउने भएको छ ।

आइओएस, मकओएस, वाचओएस र आइम्यासेज प्लेटफम्र्समा यो नयाँ प्रविधि लञ्च हुनेछ । हालै कम्पनीले आउने सबै डिभाइसमा नयाँ क्रिप्टोग्राफिक एप्लिकेशन हुने बताएको छ ।

यसले अश्लिल तस्विरहरु फैलिनबाट रोक्ने, युजर्सको गोपनियता पनि प्रभावित नहुने र अभिभावक बालबालिकाको अनलाइन गतिविधिमा ध्यान दिन मिल्ने खालको बनाइएको कम्पनीको दाबी छ ।

यसैगरि एक फिचर सीरि पनि आउने भएको छ । यो नयाँ फिचर मार्फत युजर्स बालबालिकासँग सम्बन्धित अश्लिल सामग्री खोजी भए यो फिचरले रोक्छ । यसका साथै बालबालिका र अभिभावकको अनलाइन सुरक्षाका लागि अतिरिक्त जानकारी पनि दिनेछ ।

एप्पल आफ्नो फोनमा न्यूट्रलम्याच नामको एक नयाँ अल्गोरिद्म पनि सामेल गर्ने भएको छ । यो एल्गोरिद्मले फोनमा स्टोर भएका तस्विरहरु लगातार जाँच गरिरहन्छ । साथै ती तस्विरहरुलाई आइक्लाउडमा अपलोड गराइरहन्छ ।

अहिले यो एल्गोरिद्म मात्र अमेरिकामा बिक्री हुने फोनमा राखिने छ । एप्पलले न्यूट्रलम्याचको बारेमा यहि हप्ता अमेरिकाका केही विशेषज्ञहरु र सुरक्षा अनुसन्धानकर्ताहरुसँग परामर्श पनि गरेको थियो । यसअनुसार न्यूट्रलम्याच एक अटोमेटेड सिस्टम हो ।

यसलाई कुनै तस्विरको बारेमा शंका हुने बित्तिकै तुरुन्त मानव जाँचकर्तालाई सावधान गराईदिन्छ र मानव जाँचकर्ताले त्यसलाई छुट्ट्याउने गर्दछ ।