१२ बैशाख २०८१, बुधबार

यी जिल्लामा अबको तीन दिन छ बाढीको खतरा

60c9a1cd620fa flood 26
फाइल फोटो

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला वरपर आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै वरपरका बासिन्दलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आगामी तीन दिनसम्म दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरा आसपास भई बहने नदि तथा खोलाहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब समेत हुनसक्ने जनाएको छ ।

‘उक्त जिल्ला भई बहने स–साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनऔं,’ महाशाखाले विज्ञप्तिमा भनेको छ ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाब सामान्यबढ्ने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ ।