७ बैशाख २०८१, शुक्रबार

ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको निधन

violence in darfur blue nile

सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको निधन भएको छ । हिंसामा २९१ जना घाइते भएका  राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् । 

इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।

शनिबारदेखि सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए ।