६ बैशाख २०८१, बिहीबार

पुबुदु दासानायकेले क्यानडा जान नेपालबाट राजीनामा दिएको खुलासा

pubudu

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनले बुधवार मात्र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

दिउसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण राजीनामा दिएको बताएका पुबुदुलाई त्यसको केही घण्टा पछि नै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि क्यानले पत्रकार सम्मेलन अपराह्न चार बजे गर्ने तयारी गरेपनि अन्य कार्यक्रमसँग समय जुधेपछि एक घण्टा छोट्टाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफु व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुखी भएको बताएका थिए ।