१६ चैत्र २०८०, शुक्रबार

शुक्रबार बस्ने गरी स्थायी कमिटी बैठक स्थगित

NCP meeting
फाइल फोटो

आजका लागि तय गरिएको नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । सो कुराको जानकारी दिद्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन “पार्टी स्थायी कमिटीकाे बैठक २६ गते ११ बजेसम्म स्थगित ।”

पछिल्लो समय नेकपामा विवाद चुलिएको छ भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पछिल्लो केहि दिनदेखी विवादमा सहमती खोज्न ‘वान टु वान्’ वार्ता गर्दै आएका छन ।

दैनिक ‘वान टु वान्’ वार्ता भएपनी आ-आफ्नो अडानका बिच हालसम्म केहि हलभने निस्किएको छैन ।

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजिनामा मगीएपछी विवाद चुलिदै गएको हो ।