८ बैशाख २०८१, शनिबार

विश्व स्वास्थ्य संगठन: कोरोनाभाइरस हावाबाट सर्छ भनेर नकार्न सकिदैन

WHO 1

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस हावामा निस्किएका स-साना कणहरुबाट फैलिन सक्ने प्रमाणहरु भेटिएका छन ।

विश्व स्वास्थ्य संगठनका एक अधिकृत भन्छन “भीडभाड, बन्द वा राम्रो संग वायु चलायमान हुन नसक्ने ठाउँमा हावाको माध्यमबाट कोरोना फैलावटलाई नकार्न सकिदैन ।”

हालसम्म डब्ल्यूएचओ ले भाइरस थुक अथवा हाच्छिउँ गर्दा निस्कने मसिना कणबाट सर्छ भनेको छ ।

यसअघी २०० भन्दा बढी वैज्ञानिकहरूले एक खुला पत्रमा डब्ल्यूएचओलाई वायुजनित प्रसारणको सम्भावनालाई कम महत्त्व दिएको आरोप लगाएका थिए ।

डब्ल्यूएचओ अधिकारीहरूले उक्त दावालाई प्रारम्भिक भनेका छन भने उक्त दावामाथी थप अनुसन्धान गर्नुपर्ने जनाएका छन ।

संक्रमण रोकथाम र नियन्त्रणका लागि डब्ल्यूएचओको प्राविधिक नेतृत्वकर्त बेनेडेटा एलेग्राजि्जीले भनेकि छिन “भीडभाड, बन्द, खराब हावामा उड्ने सेटिंग्समा वर्णन गरिएको कोर्नाभाइरसको हावाजन्य संचारणको प्रमाणलाई इन्कार गर्न सकिदैन”।