१४ बैशाख २०८१, शुक्रबार

नेपाल एयरलाइन्सका पाइलट सहित १४ कर्मचारीलाई कोरोना संक्रमण

nepalairlines a320 airbus

तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सका पाइलटसहित ७ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ। अन्य ७ जनाको रिपोर्ट आउन बाँकी रहेको नेपाल एयरलाइन्सले जनाएको छ। संक्रमित सबै विमानका उडान सदस्यहरु रहेका हुन्।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।

नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरुगरेयता नेपाल एयरलाइन्स उद्धार तथा मेडिकल सामग्री लिन विभिन्न देश पुगेको थियो। नेपालबाटै पनि उसले थुप्रैपटक उद्धारका उडान गरेको छ।

सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेसँगै नेपाल एयरलाइन्स अझ व्यस्त बनेको छ।

sddf1