१४ बैशाख २०८१, शुक्रबार

पतन्जलीको कोरोना निको हुने भनिएको औषधी बिक्री र प्रचारमा रोक

corona ramdev

भारत सरकारले कोरोना भाइरसको औषधि भनेर दाबी गरिएको बाबा रामदेवको औषधी दाबी गरेको दिननै बन्द गरिदिएको छ । भारतको आयुष मन्त्रालयले पतञ्‍जलि ग्रुपलाई औषधिको परीक्षण नहुन्जेल प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ ।

औषधिको विधिपूर्वक जाँच गरिएर पुष्टी नहुन्जेल सम्मको लागी बिक्री र प्रचारमा रोक लगाएको हो । पतञ्जलि आयुर्वेद लिमिटेडलाई कोविड उपचारको लागि दावी गरिएको औषधिहरूको नाम र संरचनाको विवरणहरू यथाशिघ्र उपलब्ध गराउन भनिएको छ ।

विवरणमा औषधी अध्ययन गरिएको स्थान वा अस्पतालहरुको विवरण, प्रोटोकल, नमूना आकार, संस्थागत नैतिकता समिति अनुमतिपत्र र अनुसन्धान को तथ्यांक पेश गर्न भनिएको छ ।

उक्त विवरणहरु उपलब्ध नहुन्जेल सम्म कुनै पनि प्रकारको बिक्री र प्रचार नगर्न सुझाएको छ ।

मन्त्रालयले उत्तराखण्ड सरकारलाई कोरोनिल निर्माणका लागि अनुमति पत्र र अनुमोदन विवरणको प्रति प्रदान गर्न आग्रह गरेको छ।

पतञ्जलिले मंगलबार कोरोनिल र स्वसारी नामका दुई औषधी सार्वजनिक गरेको हो । उक्त औषधी सेवन पछी कोरोना प्रभावित बिरामीहरूको क्लिनिकल परीक्षणमा १०० प्रतिशत सकारात्मक नतिजा आएको दावा गरिएको छ । एजेन्सी