१३ बैशाख २०८१, बिहीबार

दैनिक ५०० को हाराहारीमा थपिदै कोरोना संक्रमित्, हालसम्म २४ को निधन

corona 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस मिट अनुसार मंगलबार नेपालमा ५३८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ४४८ पुरुष र ९० जना महिला रहेका छन ।

मंगलबार थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ । तीमध्ये महिला ९८४ र पुरुष ९,११५ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेका छन् । ४५ वर्षीय पुरुषकाे उपचारकाे क्रममा ८ असारमा मृत्यु भएकाे गाैतमले पुष्टि गरे । कर्णाली अस्पतालमा उपचारका लागि ३ असारमा भर्ना भएका उनकाे साेही दिन स्वाब संकलन गरेकाे र भाेलिपल्टै काेराेना पाेजेटिभ देखिएकाे उनले बताए ।