१४ बैशाख २०८१, शुक्रबार

खाेटाङ्ग काँग्रेसले बाँडेको राहत आधा भन्दा बढी वास्तविक पिडितले नपाएको गुनासो

104808719 283237739700203 7898704611372161307 n

कोरोना संक्रमण रोक थाम र संक्रमण फैलिन नदिनका लागि सरकारले पर्याप्त तयारी विना चैत्र ११ गतेबाट नेपाल भर लकडाउन गरेको हो ।

केही दिनअघि नेपाली काँग्रेस, खाेटाङ्गले उपत्यकामा रहेका र बन्दाबन्दीका कारण चुलो चा‌ैकोमा समस्या परेका खोटाङे मजदुर,विद्यार्थी र विरामीलाई राहत बितरण गरेका थियाे ।

लकडाउनका कारण सवैभन्दा बढी असर असंगठित क्षेत्रका मजदुर र विद्यार्थीलाई परेको महशुस गरि उपत्यकामा रहेका खाेटाङ्गेहरूका लागि नेपाली कांग्रेसले करिव ११०० घर परिवारलाई राहत वितरण गरेको काग्रेसले बताए पनि वास्तविक पिडितहरुले भने राहत नपाएकाे गुनासाे गरेका छन ।

खाेटाङ्ग काँग्रेसका सभापति नरेश कुमार श्रेष्ठको अगुवाईमा वितरित राहत कार्यक्रम काठमाडौंको जोरपाटी, कपन, बसुन्धारा नयाँ बानेश्वर, ललितपुरको सातदोबाटो र भक्तपुरको गठ्ठाघरलाई सेन्टर बनाएर वितरण गरिएकाे थियो । राहत लिनका लागि उक्त ठाउँसम्म पुग्नका लागि लामाे पैदल यात्रा गरेर आउनुपर्ने भएकाले आफुलाइ समस्या भएकाे कारण राहत लिन जान नसकेकाे बताएका छन । यस्ताे समस्यामा विशेष गरि निजि सवारि साधन नहुने, अपाङ्ग स-साना बालबच्चाकाे आमा, सुत्केरी महिला, एकल महिला र असहाय अशक्त व्यक्तिहरु लगायतका रहेका छन ।

सम्बन्धित समाचार : खोटाङ्ग कांग्रेसले बाड्यो ११ सय परिवारलाई राहत

बसुन्धारा केन्द्रलाई सेन्टर पारेर स्वयम्भु, गाेगंबु हुँदै नारायणथान सम्म ,कपनलाई सेन्टर बनाएर चाबहिल्, सुकेधारा, मण्डिखाटार र बाैद्वलाई सेन्टर पर्दै बाैद्व, जोरपाटी लगायतकाे एरियालाईइ राहत वितरण गरिएको थियो । त्यसैगरी नयाँ बानेश्वर सेन्टर पारेर गाैशाला, मैतिदेवि, पुतली सडक लगायत एरिया, भक्तपुरकाे गठ्ठाघरलाई सेन्टर पारेर भक्तपुर एरियाकाे सम्पुर्ण र सातदाेबाटाेलाई सेन्टर बनाएर सम्पुर्ण ललितपुर जिल्ला भरिकाे राहत वितरण एरिया बनाइएकाे थियाे ।

यसमा विशेष गरि ललितपुर, भक्तपुर र बसुन्धारा एरियाका पिडितहरुले गुनासाे गरेका छन । बसुन्धारा पुग्नका लागि स्वयम्भु, बालाजु र नारायणथान लगायतकाे ठाउँबाट हिडेर आउन समस्या रहेकाे कारण राहत लिन नपुगेकाे बताएका छन । त्यस्तै ललितपुर र भक्तपुर केन्द्र बनेका पिडितहरुले पनि राहत केन्द्र टाढा भएकाे कारण राहत लिन नगएकाे बताएका छन ।

Screenshot 1

सुरुवातमा वास्तविक सबैलाई राहत दिने भनेर काँग्रेसले सुचना जारि गरेर सम्पर्क ब्यक्तिहरुलाई नामावलि टिप्न लगाएको थियो । नामावलि संकलनपछी दिएपछि मान्छे धेरै भएको भन्दाइ आधाभन्दा बढिकाे नाम नामावलि बाट हटाइएकाे थियाे । राहत बितरणकाे बेला सभापति नरेश श्रेष्ठ र सांसद हिरा गुरुङ लगायतले खाेटाङ्गका वास्तविक पिडित काेहि पनि नछुटेकाे दावी गरेपनि यसरी नामावलि कटाउँदा धेरै पिडितहरु छुटेकाे र अनिबार्य नागरिकता ल्याउन भनिए पनि र नागरिकता नभएकाहरु समेत राहत लिन उपस्थित भए ।

साथै सरकारले काेराेना भाईरसकाे जाेखिमबाट बच्न सामाजिक दुरि कायम राख्न धेरैजना भेला नहुन निर्देशन गरेकाे र यसलाई मध्यनजर गर्दै सबैले पिडितहरुकाे घरघरमा राहत पुर्याइरहेकाे बेला काँग्रेसले भने सरकारको निर्देशन उल्लंघन् गर्दै एउटै ठाउँमा जम्मा गरेर बितरण गरेकाे थियाे | उक्त ठाउँमा ५० भन्दा माथिकाे जनमानस जम्मा भएकाे हुँदा सरकारकाे नियमलाइ पनि उल्लंघन गरेकाे देखिएकाे थियाे ।

सार्बजनिक यातायात अभाबका कारण कतिपय पिडितहरु राहत लिन आउन नसकिरहेकाे बेला सभापति नरेश श्रेष्ठ भने प्राइभेट गाडिमा कार्यक्रमकाे प्रमुख अतिथि झै प्रत्येक केन्द्रमा पुगेर क्यामाराकाे अगाडि बाेल्न हतारिएकाे देखिन्थ्याे भने अन्य नेताहरु पनि प्रत्येक केन्द्रमा काेट पाइन्टमा सम्बाेधन गर्न पुगेका थिए ।

राहतमा प्रति परिवार १ बोरा जिरा मसिनो चामल, १ केजी दाल, १ पोका नुन र विभिन्न प्रकारका करिव ३ केजी तरकारी रहेकाे सञ्चारमाध्यममा समाचार आएपनि ठाउँअनुसार आफु खुशी राहत बितरण भएकाे गुनासो राहत नपाएका खाेटाङ्गबासिले गरेकाअ छन ।

वितरण कार्यक्रममा नेपाली कांग्रेस, “नेपाली जनताको सुख दु:खमा सँधै सँगै हिँड्ने” पार्टी भएकाले कोरोनाको कहरमा परेका खाेटाङ्गे जनताको दु:खमा केही गर्न सकिन्छ कि भनेर सानो प्रयास गरेको कुरा आयोजकले बताएका थिए । समग्रमा हेर्दा सवारि साधन हुने, केन्द्रका नजिक रहेका र सबल व्यक्तिहरुले मात्र राहत पाएकाे बुझिन्छ । त्यसैगरी ११ सय परिवारलाई राहत बाँडिएकाे बताइएपनि करिब ६ सय वास्तविक पिडितले भने राहत नपाएकाे समेत श्राेतले बताएका छन ।