६ बैशाख २०८१, बिहीबार

आज धापासी, हात्तिगाैडा र हेपाली लगायतका क्षेत्रहरुमा विद्युत् काटिने

electricity

नेपाल विद्युत् प्राधिकरणले आज(मङ्गलबार) काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् आपुर्ती प्रभावित हुन लागेको हो ।

महाराजग‌ंज वितरण केन्द्रकाे गणेशथान फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका २ गणेशचाेककाे जिर्ण पाेल परीवर्तन गर्नु पर्ने भएकाेले दिनकाे १२ बजेबाट साँझ ५ बजेसम्म सट-डाउन गरिने भएको छ ।

उक्त फिडर अन्तर्गत घुम्ती, धापासी, च्यासिन्टाेल , हात्तिगाैडा, बालुवाडीपाे, हेपाली लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा असुविधा पुग्ने जनाइएको छ । कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे गराइएको छ ।