१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यका आउनेलाई अनिवार्य १४ दिन होम क्वारिन्टन

home quarentine

राजधानी बाहिरबाट आएका व्यक्तिहरुले कोरोना संक्रमणको परीक्षण गर्न १४ दिन होम क्‍वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

केही घरबेटीहरूले पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएपछी कोरोना परीक्षण गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु गएपछी चाप बढेको हो । दैनिक करीब १,००० व्यक्तिहरु पिसिआर परिक्षण गर्न टेकु गएपछी स्वास्थ्यकर्मी र चिकित्सकहरु माथी दवाब बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेले १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि लक्षण देखिएमात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको छ ।

असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट मानिस आउनेको चाप बढेको छ । बाहिरबाट आउनेको चापले प्रयोगशालामा परीक्षण गराउन जानेको संख्या पनि बढेको हो ।

गृहमन्त्रालयले १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने व्यवस्था गराउन भन्दै मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ ।

home ministry letter covid