१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो

lockdown 11
फाइल फोटो

उपत्यकाका तीनवटै जिल्ला प्रशासनले कोरोना महामारी नियन्त्रण गर्न जारी केही आदेशलाई खुकुलो बनाउँदै निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार (आज)बाट लागू हुने गरी खाद्य पसल, सार्वजनिक निर्माण तथा भन्सार विन्दुबाट छुटेका सवारी साधनलाई सञ्चालन गर्न दिने निर्णय गरेका छन् । आदेश बुधबार नै सार्वजनिक गरिए पनि शुक्रबारबाट लागू हुने भएको हो ।

केही क्षेत्रलाई सर्तसहित खुला गर्न दिइने छ । जेठ १४ गतेबाट लागू गरिएको खाद्य पसल बन्द गर्ने यसअघिको आदेश शुक्रबारबाट हटेको छ । एक साता यता उपत्यकामा खाद्य पसल पनि बन्द थिए । प्रशासनको उक्त निर्णयमा राजनीतिक र जनस्तरबाटै विरोध भएको थियो । शुक्रबारबाट खाद्यन्नलगायत उपभोग्य बस्तु बिहान ९ बजेसम्म किनबेच गर्न पाइने छ । तरकारी, फलफूल, दंधडेरी, माछामासु खाद्य, किराना, डिपार्टमेन्टल स्टोर/ग्रोसरीबाट दैनिक उपभोग्य बस्तु किनबेचका लागि बिहान ९ बजेसम्म खोल्न दिइने छ ।

दैनिक उपभोग्य बस्तुसम्बन्धी स्थानीय ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म र निर्माण सामग्रीसम्बन्धी सबारी राती ९ बजेदेखि बिहान ४ बजे सडकमा गुड्न दिइने छ । जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा सहसचिवहरुलाई सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा हिँडडुल गर्न दिइने छ ।

सवारी साधन मर्मतका लागि वर्कसपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न पाइने छ । अत्यावश्यक सेवा बाहेकलाई सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमालगायत कार्यालयका सेवामा पनि रोक लगाइएको छ । अन्य क्षेत्रमा लगाइएको रोकलाई अबको निषेधाज्ञामा निरन्तरता दिइएको छ ।