२६ बैशाख २०८१, बुधबार

२२ दिनमै ढल्यो कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार (पूर्ण पाठ)

Uddhab Thapa and Parshuram Khapung

सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदरको आदेश दिएको हो ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर, नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनमै थापा सर्वोच्चको आदेशले पदमुक्त भएका छन् ।

कोशी सरकार 01
कोशी सरकार 02
कोशी सरकार 03
कोशी सरकार 04
कोशी सरकार 05
कोशी सरकार 06
कोशी सरकार 07
कोशी सरकार 08
कोशी सरकार 09
कोशी सरकार 10
कोशी सरकार 11

    सम्बन्धित समाचार...