१७ बैशाख २०८१, सोमबार

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा पाकिस्तानको क्लिनस्विप

SriLanka vs Pakistan

घरेलु टोली श्रीलंकाविरुद्धको २ खेलको टेस्ट सिरिज पाकिस्तानले क्लिनस्विप गरेको छ ।

पाहुना टोली पाकिस्तानले दोस्रो तथा अन्तिम टेस्टमा श्रीलंकालाई इनिङ्स र दुई सय २२ रनको विशाल अन्तरले पराजित गरेको हो ।

यो श्रीलंकाले घरेलु मैदानमा टेस्ट क्रिकेटमा बेहोरेको सबैभन्दा ठूलो हार हो । ४ सय १० रनले पछि रहेको अवस्थामा आफ्नो दोस्रो इनिङ्स थालेको श्रीलंका १८८ रनमा अल आउट भयो । श्रीलंकाका एन्जेलो म्याथ्युजले ६३, कप्तान दिमुथ करुणारत्नेले ४१ र निशान मधुस्काले ३३ रन बनाए । पाकिस्तानका नोमान अली एक्लैले ७ विकेट लिए । नसिम शाहको नाममा तीन विकेट रह्यो ।

५७६ रन बनाएर ५ विकेट गुमाएको अवस्थामा पाकिस्तानले पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानका लागि अब्दुल्ला शफिकले २०१ रनको दोहोरो सतकीय इनिङ्स खेल्दा आघा सलमानले अविजित १३२ रन बनाए । श्रीलंकाका असिथा फर्नान्डोले ३ विकेट लिए ।

त्यसअघि सिंहली स्पोर्ट्स क्लब कोलम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १६६ रनमा अलआउट भएको थियो । उसका धनन्जय डी सिल्भाले ५७ रन बनाएका थिए । श्रीलंकालाई सस्तैमा समेट्न पाकिस्तानका अबरार अहमदले ४ तथा असिम शाहले ३ विकेट लिएका थिए । पहिलो टेस्टमा पकिस्तान ४ विकेटले विजयी भएको थियो ।

    सम्बन्धित समाचार...