१ जेष्ठ २०८१, मंगलवार

चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र वर्षासँग मुकुन र सुशिलको छमछमी

Mukun Swastima Barsha Sushil

आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको गीतमा संगीतकार अविरल र अस्मिता अधिकारीकको स्वर सुन्न सकिन्छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

कृषा चौलागाईको निर्देशनमा निर्माण भएको चलचित्रको गीतमा प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । चलचित्रको गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराई चलचित्रलाई सफलताको शुभकामना दिए ।

उनले गीतमात्र हेरेनन् फिल्मसँग सम्बन्धित कुरा पनि राखे । उनले आफू फिल्मभन्दा फरक क्षेत्रको मान्छे भए पनि चलचित्रसँगको सम्बन्ध नङ र मासुको जस्तै रहेको दाबी गरे । ‘म बेग्लै क्षेत्रको मान्छे हुँ । तर हामी सबैको सम्बन्ध नङ र मासुको जस्तै छ । हाम्रो क्षेत्रले तपाईहरुलाई बोक्ने, तपाईहरुको क्षेत्रले हामीलाई बोक्ने भएकाले हाम्रो सम्बन्ध राम्रो छ’, उनले भने, ‘तपाईंहरुको असल कामलाई हामीले जहिले पनि प्रोत्साहन र सर्मथन गरिरहेका हुन्छौं ।’

yogesh

योगेशले गीतको तारिफ गर्दै व्यंग्यात्मक शैलीमा भने, ‘यो गीत मलाई लाग्छ कि अबको ८० साल सबैलाई नचाउन सक्ने खालको छ । अझै यो चलचित्र तीज नजिकै रिलिज हुँदै छ र गीत पनि सार्वजनिक भइसकेकाले नेपाली दिदीबहिनीहरुले टन्न खाएर काले केटालेमा नाँच्नु भयो भने सबैको ज्यान स्वस्तिमाको जस्तै हुनेछ’, भने, ‘ पक्कै पनि यो गीतले तीजमा पनि राम्रै बजार पाँउछ जस्तो लाग्छ ।

कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले राम्रो गीतमा नृत्य गर्न पाउँदा आफूलाई भाग्यमानी रहेको बताइन् । ‘डान्सिङ नम्बरका गीतहरु मेरा लागि जहिल्यै विशेष हुन्छन् । यो गीत पनि मेरा लागि विशेष थियो । किनकी यसमा डान्सिङ नम्बर थियो’, उनले भनिन् ।

यस्तै, चलचित्रकी अर्की मुख्य अभिनेत्री वर्षा राउतले कार्यक्रममा ढिलो आएको भन्दै आफ्नै गीत हेर्न नपाएको र यसै भन्न नसकेको तर्क गरिन् । साथै उनले यो चलचित्रमा हामी सबै कलाकारहले एकदमै मेहेनत गरेको बताइन् ।

त्यस्तै, निर्देशक कृषा भनिन् म धेरै वर्षदेखि चलचित्र क्षेत्रमा लागिरहेको र धेरै अनुभव बटुल्नुका साथै विदेशमा गएर केही कोर्स समेत गरेपछि आफ्नो ठुलो इच्छा भएर यो चलचित्र निर्देशन गर्न तयार भएको बताइन् ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

    सम्बन्धित समाचार...