२७ बैशाख २०८१, बिहीबार

पाकिस्तानविरुद्ध नेपाल १७९ रनमा अलआउट

358572528 672176574938726 1878356292967617533 n

एसीसी इमर्जिङ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा साविक बिजेता पाकिस्तानसँग प्रतिस्पर्धा गरेको नेपालले मध्ययम प्रदर्शन गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने शाहसिक निर्णय लिएको नेपालले मध्ययम प्रदर्शन गर्दै ३९ ओभरमा १७९ रनमा अलआउट हुँदै पाकिस्तान ए लाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकामा जारी खेलमा सोमपाल कामी र प्रतिश जिसी बाहेक अन्य कुनैपनि खेलाडिले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । १०१ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे । प्रतिश जिसीले पनि २६ रन जोडे । यी दुईले नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । १० औं विकेटका लागि पनि सोमपालले ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो ।

ओपनर कुशल भूर्तेल १ रनमा आउट भएका थिए भने अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । त्यस्तै भीम सार्की शून्य, कप्तान रोहितकुमार पौडेल ४,अर्जुन साउद १७ ,पवन सर्राफ १, गुल्शन झा १३, कुशल मल्ल १७ रनमा आउट हुँदा ललित राजवंशीले १ रन बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तान ए का बलर महमद वासिम र सहनवाज दहानीले समान चार चार विकेट लिए ।

    सम्बन्धित समाचार...