२६ बैशाख २०८१, बुधबार

पाकिस्तान ‘ए’सँग नेपाल ४ विकेटले पाराजित

Nepal vs pakistan

नेपाल एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अल आउट भयो ।

नेपालको इनिङसमा सोमपाल कामीले अर्धशतक प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका ६ ब्याटर सुरुवाती दश ओभरमा पवेलियन फर्किएका थिए । ओपनर कुशल भुर्तेल १ र आशिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल ४ रनमा मैदान बाहिरिदा भीम सार्कीले खाता खोल्न सकेनन् ।

अर्जुन साउद र कुशल मल्ल समान १७ रन जोडे । पवन सरार्फले मात्र एक रन जोड्दा गुल्सन झाले १३ रन बनाए । नेपाल ७८ रनका साथ आठ विकेटको नाजुक स्थितिमा पुगेको थियो । तर सोमपालले नवौं विकेटका लागि प्रतिस जीसीसँग ५८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । प्रतिसले २६ रन बनाए । सोमपाल र ललित राजबंशीले अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरे । सोमपालले ७५ रनको योगदान गरे । १०१ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।

पाकिस्तानका लागि सहनवाज दहानीले पांच र मोहम्मद वासिमले समान चर विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । तैअब ताहिरले ५१, कमरान घुलामले ३० र ओमेर बिन युसेफले ३६ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ र पवनले २ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो । नेपालले अब दोस्रो खेल सोमबार भारत ‘ए’सँग खेल्नेछ ।

    सम्बन्धित समाचार...