७ जेष्ठ २०८१, सोमबार

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आइपुगे

lu

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । उनी एअर बंगलाको विमानबाट ११:४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

दक्षिण तथा मध्य एसिया हेर्ने लु एक दिने भ्रमणका क्रममा नेपाल आएका हुन् । नेपालका परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका नेताहरूलाई भेट्ने उनको कार्यक्रम रहेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । यसका साथै सहायक विदेश मन्त्री लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने पनि बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार लु नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आएका हुन् । उनी तेस्रो पटक नेपाल आएका हुन् । लु पहिलो पटक सन् १९९३ मा नेपाल आएका थिए भने गत वर्षको जुलाईमा पनि उनी नेपाल आएका थिए ।

नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गरी उनी आजै फर्किने छन् ।

    सम्बन्धित समाचार...