२१ बैशाख २०८१, शुक्रबार

दाहालमाथि गठबन्धन नरम

gath

सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले यस्तो निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र्र्र पाण्डे बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितका प्रतिपक्षी दलले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेपछि सत्तारूढ दलले त्यसलाई असंसदीय व्यवहार भएको निष्कर्षसमेत निकालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डको राजीनामा कल्पना पनि गर्न नसकिने बताएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफ्नो विषयवस्तु सदनमा भन्ने बताए ।

‘हिजो (बुधबार) जसरी संसद् अवरुद्ध भयो, त्यस’दयगत गठबन्धनको बैठक बस्यो । अहिले प्रधानमन्त्रीज्यूले राजीनामा गर्नुपर्छ भन्ने जुन कुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्ने’दयगतमा प्रधानमन्त्रीज्यूले संसद्मा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ,’ पाण्डेले भने ।

एउटा भावनात्मक विषयवस्तु, कतै अर्कै प्रसंगमा, व्यक्तिगत कुरा, त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर बेठीक गरिएको उनले बताए । एमालेले प्रधानमन्त्रीको स्पष्टीकरण नभई राजीनामा चाहिएको भनेर दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरे । प्रधानमन्त्रीले नै संसद्मा बोल्न नपाउने हो भने कसले पाउँछ भन्ने उनको प्रश्न थियो ।

गत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएका हुन् । नेपालमा पहिलोपटक ट्रक ल्याएका भनिएका प्रितम सिंहमाथि आधारित रहेर लेखिएको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादित अभिव्यक्ति दिएका थिए ।

‘उहाँ (प्रतिम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डले भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डको सोही अभिव्यक्ति सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको राजीनामा माग गरेका हुन् । प्रतिपक्षी दल मात्रै नभई अहिले समाजिक सञ्जालमा समेत प्रधानमन्त्री प्रचण्डको आलोचना भइरहेको छ । प्रमुख सत्तारूढ नेपाली कांग्रेसका केही नेताले समेत त्यसको विरोध गरेका छन् ।

यता सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने स्पष्ट पारेकी छन् । राजधानी दैनिकबाट