२६ बैशाख २०८१, बुधबार

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

355890711 569994135293076 8764106521383986036 n

साफ च्याम्पियनसिपनमा आज (शनिबार) साविक उपविजेता नेपालले साविक विजेता भारतसँग खेल्दैछ । भारतलाई जिते नेपालको सेमिफाइनल सम्भावना कायमै रहने छ ।

भारत दक्षिण एसियामा नेपालकै सबैभन्दा कठिन प्रतिद्वन्द्वी हो । यो खेल बेंग्लोरको श्री कान्तिराभा स्टेडियममा साँझ पौने ८ बजेपछि सुरु हुनेछ । नेपालले पहिलो खेलमा कुवेतसँग ३-१ को पराजय व्यहोरेको थियो । भारतले भने पाकिस्तानलाई ४-० ले हराउँदै विजयी सुरुवात गरेको छ ।

घरेलु टोली भारतविरुद्ध जित निकाले नेपाल पहिलो तीन अंक जोड्न सफल हुनेछ । नेपाललाई जिते भारतले भने अघिल्लो चरण निश्चित गर्नेछ ।

आयोजक भारतसँगै समूह ‘ए’ मा रहेको नेपालका लागि आजको खेल गर वा मरकै स्थिति हो । आज भारतविरुद्ध जित हासिल गरेमात्र नेपालको सेमिफाइनल यात्रा सम्भव छ । त्यसैले आज नेपाल जित्नै पर्ने दबाबमा छ ।

भारतलाई नेपालले सन् २०१३ को साफ च्याम्पियनसिपपछि हराउन सकेको छैन । त्यसबेला घरेलु मैदान दशरथ रंगशालामा समूह चरणको खेलमा नेपालले भारतलाई २-१ ले हराएको थियो । उक्त खेलमा अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए । त्यसपछि साफमा नेपाल र भारतबीच भएका तीनै खेल नेपालले गुमाएको छ ।

नेपाल र भारतबीच अहिलेसम्म आधिकारिक २३ खेल भएको तथ्यांक छ । जसमध्ये भारतले १६ खेल जित्दा नेपालले दुई खेल जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्ला ५ खेललाई आधार मान्दा नेपालले एक खेल बराबरी खेल्दा बाँकी हारेको छ । पछिल्ला ५ खेलमा नेपालले भारतसँग ८ गोल खाँदा एक गोल मात्र फर्काएको छ ।

    सम्बन्धित समाचार...