१४ बैशाख २०८१, शुक्रबार

मेयर बालेन भन्छन्- ‘नयाँ, पुराना नेताहरु सबै चोर हुन्’

balen
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ तथा पूराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया नभएको भन्दै सबै नेताहरु चोर भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’