७ बैशाख २०८१, शुक्रबार

सिंहदरबार पुगेका बालेनले कर्मचारीलाई हप्काउदै भने– यहाँको फोहोर खोई ?

balen

शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर संकलन र ढुवानी गरेको हल्ला चलाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मंगलबार एकाएक सिंहदरबारस्थित फोहोर थुप्रिएको स्थल पुगे।

दिउँसो करिब ३ बजे फोहोर थन्क्याएको स्थल सिंहदरबार पुगेका मेयर साहले फोहोर व्यवस्थापन स्थलमा खटिएका कर्मचारीलाई हप्काएका थिए। मेयरले सोचेजति डंगुर फोहोर नदेखेपछि त्यहाँ कार्यरत कन्हैया पोदारसँग जानकारी लिएका थिए । त्यसक्रममा उनले ती कर्मचारीलाई फोहोर वर्गीकरण गर्न छुट्टयाइएको खाल्डो पुर्न निर्देशन दिएका थिए ।

यहाँको फोहोर खै भन्दै तल्लो तहका कर्मचारीलाई हप्काइदप्काइ गरेका मेयर साहले अन्य स्थानमा फोहोर नलैजान चेतावनी दिए । देशको राष्ट्रप्रमुख निवास, सरकार प्रमुखको कार्यालय र सरकार प्रमुखको आवासमा फोहोर परिवर्तन नेपालले संकलन, ढुवानी र व्यवस्थापन गरिरहेको छ ।

सरकारले १० दिनसम्म राष्ट्रपति र प्रधानमन्त्री निवासको फोहोर नउठेको विषयमा कुनै हल्ला भएको छैन । २० वटा मन्त्रालयल रहेको सिंहदरबारभित्र १० दिनदेखि फोहोर व्यवस्थापन हुन नसकेपछि सरकारले विकल्प खोज्न थालेको छ । जिरो वेष्टको अवधारण अघि बढाएर फोहोरको परिमाण कम गर्ने विषयमा सरकारले गृहकार्य गरेको जानकारी पाएपछि मेयर साह सिंहदरबारस्थित फोहोर डम्पिङ हुने स्थान पुतली बगैंचा पुगेका थिए ।

मेयर साहले प्रधनमन्त्री पुष्पकमल दाहाल वा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आएको मन्त्री वा उच्च तहको टोलीसँग मात्र वार्ता गर्ने बताएपछि सरकार चुपचाप छ । नेपाल समाचारपत्र दैनिकबाट