२४ बैशाख २०८१, सोमबार

नेपाली मूलका व्यवसायी भण्डारीले पाए अमेरिकाकै प्रतिष्ठित अवार्ड

343000351 577925627739134 5246448107469905646 n
फाइल फोटो

अमेरिकास्थित नेपाली मूलका व्यवसायी राज भण्डारी त्यहाँको प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् ।

पुख्र्यौली थलो कास्की पोखरा घर भएका भण्डारीको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३ को ‘एक्सपोर्टर अफ द इयर’ अवार्ड प्रदान गरिएको हो । यो अमेरिकाको निकै ठूलो र प्रतिष्ठित अवार्ड हो ।

अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको थियो । यस वर्ष अमेरिकाले सामान निर्यात गर्नेमा साना व्यवासायीहरूको छनौट गर्ने क्रममा ५० राज्यबाट टप ५० व्यवसाय छनौट गरिएको थियो । ती टप ५० मध्य नर्थ क्यारोलिना राज्यबाट राज भण्डारीको व्यवसाय छनौट भएको थियो ।

५० राज्यबाट शुरूमा टप टेन हुँदै उनको कम्पनी टप वानमा छनौट भएको हो । अमेरिकाको ४५ प्रतिशत अर्थतन्त्र साना व्यवसायीले धानेको बताइन्छ । आफ्नो कम्पनीले उत्कृष्ट अवार्ड पाएकोमा त्यसले आफूलाई झनै उत्साहित र प्रेरित गरेको भण्डारीले बताए ।

यो कम्पनीमा आफ्नो एकल लगानी रहेको र पोखराकै रन्जन कार्कीको सहयोगले आफ्नो कम्पनी सफल भएको र आफूसँगै कार्की भाइस प्रेसिडेन्टको रूपमा रहेको भण्डारीले बताए। उनले सो कम्पनी पहिला अमेरिकनले नै चलाएको र पछि आफूले सो कम्पनी अमेरिकनबाट किनेको बताए ।

१९८५ मा शुरू भएको सो कम्पनी तीन वर्षअघि राज भण्डारीको पूर्ण स्वामित्वमा आएको थियो । ‘भण्डारी नेतृत्वको सो कम्पनीले अहिले ८ सय वस्तुहरूको उत्पादन गर्ने गरेको र ती उत्पादनहरू नेपाललगायत १ सय बढी देशहरूमा पुग्ने गरेको छ ।

343374892 788998182363839 8522459000968550537 n
343287920 1252886635598025 4716106948043106351 n

    सम्बन्धित समाचार...