२३ बैशाख २०८१, आईतवार

प्रधानमन्त्री दाहालले दिए उपाधि विजेता नेपाली टोलीलाई बधाई

prachanda pm
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई बधाई दिएका छन् ।

आज भएको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो ।

प्रधानमन्त्री दाहालले देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उपाधि विजेता नेपाली टोलीलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले भनेछन्, ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।