१६ बैशाख २०८१, आईतवार

नेपाल र यूएईबीचको खेल स्थगित, भोलि सुचारु हुने

344356827 194566966767213 4108355043054184133 n

निरन्तर वर्षा भएपछि रोकिएको नेपाल र यूएईबीचको एसीसी कप क्रिकेटको बाँकी फाइनल खेल भोलि हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले खराब प्रदर्शन गर्दै २७.२ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको अवस्थामा पानी दर्किएपछि खेल रोकिएको थियो ।

पानी रोकिने अपेक्षा गरेपनि निरन्तर वर्षा भइरहेपछि खेल भोलीसम्मको लागि स्थगित गरिएको हो ।

अब भोली विहान ९ बजेबाट सुरू हुने खेलमा यूएईले २७.३ ओभरबाट आफ्नो ब्याटिङ थाल्नेछ ।

मंगलबारको बाँकी खेलमा पहिलो बल ललित राजवंशीका लागि ह्याट्रिकको अवसर हुनेछ । २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिकको सम्भावनासहित खेल सुरु गर्नेछन् ।

आजको खेलमा नेपालले निक्कै उत्कृष्ट वलिङ गरेको थियो । नेपालका ललित राजवंशीले कसिलो वलिङ गर्दै तीन विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए । गुल्सन झा र सोमपाल कामीले पनि समान एक-एक विकेट लिएका थिए ।
यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनु वाहेक अरु ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालले अब भोलि यूएईलाई हराउन सके एसीया कपमा स्थान पक्का गर्नेछ । र नेपाल उक्त लक्ष्यको निक्कै नजिक पुगेको छ ।