१६ चैत्र २०८०, शुक्रबार

अरुण तेस्रो आयोजनास्थलमा पहिरो खसेपछि बनेको तालको पानी नघटेपछि जोखिम बढ्यो

arun third

संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलमा पहिरो खसेपछि बनेको तालको पानी नघटेपछि जोखिम बढेको छ ।

दुई दिनदेखि लगातार पानी परिरहेकाले अरुणमा पानीको बहाब बढेको छ । जिल्ला प्रशासन कार्यालय, मकालु र चिचिला गाउँपालिका तथा खाँदबारी नगरपालिकाले नदी छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन, खोला, नदीवरपर आउजाउ नगर्न र सुरक्षित भएर बस्न आग्रह गरेको छ ।

फ्याक्सिन्दाबाट धनकुटाको लेगुवासम्मको नदी छेउछाउ एक दर्जन बढी बस्ती छन् । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब दुई किलोमिटर पानी ताल भएर पानी जमेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम सोमबार पनि ठप्प भएको छ । अझै पनि सुक्खा पहिरो ५० मिटर माथिबाट लगातार खसिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...