२४ बैशाख २०८१, सोमबार

आठराई पब्लिकेसनको बदमासी : दुई पेज थपेर पुरानै कोर्सको पुस्तक बिक्री

book

आठराई र ओयसिस पब्लिकेसनले कोर्स परिवर्तन भइसकेको कक्षा ४ र ५ को पाठ्यपुस्तक पुस्तक बजारमा बिक्री गरेको खुलेको छ । आठराई पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रको पाठ्यसामग्री स्वीकृतिपत्र, पब्लिकेसन र पुस्तक लेखक र पुस्तक परिचय राखेर पुरानो किताब बजारमा बिक्री गरेको फेला परेको छ ।

पाठ्यक्रम विकास केन्द्रले यो वर्षबाट कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गरेको छ । पब्लिकेसनले कक्षा ५ को पुरानो पुस्तकमा दुई पेज थपेर बिक्री गरेको पाइएको छ । किलोमा जोखेर बेच्नुपर्ने पुस्तक बिक्रेतालाई धेरै कमिसन दिएर बिक्री गरेको हो ।

पब्लिकेसनले नयाँ शैक्षिक सत्र शुरू हुनु करिब १५ दिनअघि नै मधेस, लुम्बिनी र वागमती प्रदेशका केही जिल्लामा छ्यापछ्याप्ती बिक्री गरेको छ । दुई पब्लिकेसनले केन्द्रको पत्रको आकारमा पुस्तकको साइज बनाएर बिक्री गरेको पाइएको छ ।

आठराईले २ सय ९२ मूल्य तोकेर १९२ पृष्ठको पुस्तक बिक्री गरेको खुलेको छ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएको नयाँ कोर्समा १५ पाठ र ३ वटा स्वमूल्याङ्कन समावेश छन् । पुरानो पाठ्यक्रममा आधिकारिक पुस्तकमा १८ पाठ रहेको छ ।

पुस्तकमा नयाँ स्वीकृति लिएको पाठ्यक्रम विकास केन्द्रको पत्र र पुस्तकको गाता नयाँ थपेर ती पुस्तक बजारमा पु¥याएको जानकारी पाएपछि केन्द्रले आठराई र ओयसिस पब्लिकेसनलाई मंगलबार दिउँसो २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...