३ जेष्ठ २०८१, बिहीबार

प्रचण्ड नेतृत्वको सरकारको सय दिनको सफलता सहिदको नाम राजपत्रमा प्रकाशित पनि

prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो एक सय दिनको कार्यकाल पुरा गरेको छ । प्रचण्ड गत पुष १० मा नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले एक सय दिनको अवसरमा गरेका कामहरुको सूची प्रकाशन गरेको छ । आफ्ना कामलाई विभिन्न ३७ वटा बुँदामा उल्लेख गरेको छ ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ८ हजार भन्दा बढीलाई सहिदको सूची राजपत्रमा प्रकाशित गरेको थियो ।

द्वन्द्वकालमा मृत्यु भएका १७ हजारमध्ये ८ हजारको नाम सहिदको सूचीमा राजपत्रमा प्रकाशित गरेको थियो । सरकारी तथ्याङ्क अनुसार १७ हजारको मृत्यु भएकोमा बाँकी ९ हजारको हैसियत के हुने भनी प्रश्न उठिरहेको अवस्थामा आज सय दिनको कार्य विवरणमा उक्त काम पनि समावेश गरिएको छ ।

‘शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायलाई चाँडै टुंग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको छ । सो क्रममा बेपत्ता गरिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गरिएको छ । यसैगरी नेपाल सरकारबाट निर्णय भई नेपाल राजपत्रमा प्रकाशन हुन बाँकी सहिदहरुको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिएको छ,’– सरकारको एक सय दिनको उपलब्धीमा भनिएको छ ।