Close Me
२४ माघ २०८१, बिहीबार

काठमाडौंका यी क्षेत्रमा बिजुली अवरुद्ध हुने

cut elecatry

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारी, भक्तपुरले विद्युत् लाइन अवरुद्ध हुने जनाएको हो ।

जेठ ३, ५,६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो । नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य निरन्तर भएकाले सेवा अवरुद्ध हुने जनाएको छ ।

आज नयाँ बजार, खुसिब, सोह्र खुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल र जेठ ५ गते सोह्र खुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा अवरुद्ध हुने छ ।

त्यसै गरी जेठ ६ गते काष्ठमण्डप भिमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल र ८ गते भिमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल, त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने जनाएको हो ।

image

    सम्बन्धित समाचार...