१९ बैशाख २०८१, बुधबार

उपेन्द्र र राजेन्द्रलाई संसदबाट नयाँ नक्सा पारित भएपछि बाबुरामको बधाई

Baburam Bhattarai

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ नक्सासहितको संविधान संशोधन पारित हुनु सबै नेपालीका निम्ति गर्वको विषय रहेको बताएका छन्।

नयाँ नक्सा अनुसार नेपालको निसान छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।

उनले यो भन्दापनि दूरगामी महत्वको विषय काठमाडौंले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित हुनु भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टाईले जसपाका अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता राजेन्द्र महतोलाई बधाईसमेत ज्ञापन गरेका छन् ।

डा. भट्टराईले शनिबार साँझ ट्वीट गर्दै काठमाडौँले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित भएको समेत बताएका छन्। उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र सोही दलका नेता राजेन्द्र महतोलाई बधाई पनि दिएका छन्।

उनले लेखेकाछन्-‘नयाँ नक्सा सहितको संविधान संशोधन २५८ विरूद्ध ० मतले पारित हुनु सबै नेपालीकोनिम्ति गर्वको बिषय त हुँदै हो।त्यो भन्दा दूरगामी महत्वको विषय काठमाण्डौले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित हुनु हो!वधाइ उपेन्द्र यादव र राजेन्द्र महतो!’