२६ बैशाख २०८१, बुधबार

धिरजको दोहोरो चरित्रमा ‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुक पोष्टर सार्वजनिक

dhiraj

रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक धिरज मगरलाई मात्र प्रस्तुत गरिएको छ । सार्वजनिक पोष्टरमा धिरज मगरको दोहोरो अवतार देख्न सकिन्छ । एकातिर, उनी लाहुरेको पोशाकमा देखिएका छन् भने अर्कोतिर उनी डान्सरको अवतारमा देखिएका छन् । पोष्टरले फिल्ममा कतै धिरजको दोहोरो भूमिका त होइन भन्ने प्रश्न उब्जाएको छ ।

पोष्टरमा फिल्मकी मुख्य नायिका जसिता गुरुङलाई स्थान दिइएको छैन । केही दिन अगाडि सार्वजनिक फिल्मको फस्टलुक भिडियोमा पनि जसितालाई स्थान दिइएको थिएन ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुँदैछ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा यो फिल्मको निर्माता हुन् ।

यो फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

फिल्मको फस्टलुक पोष्टरपछि दर्शकप्रति फिल्मलाई लिएर आकर्षण बढ्ने निश्चित छ । किनकी, धिरज मगरको दोहोरो अवतारले दर्शकलाई अझै उत्सुक बनाउनेछ । निर्माणपक्षले फागुणको १९ गते टिजर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

    सम्बन्धित समाचार...