६ जेष्ठ २०८१, आईतवार

सन्दीपको निवेदनबारे सर्वोच्चमा सुनुवाइ जारी

Sandeep Lamichhane

विदेश जान रोक लगाइएको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले हालेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भइरहेको हो ।

नाबालिक बलात्कार आरोपमा थुनामा रहेका उनलाई गत पुस २८ गते उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशमा उनलाई विदेश जान रोक लगाइएको थियो । धरौटीमा रिहा भएका सन्दीपले अदालतको उक्त शर्त हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

थुनामुक्त भएका उनले यही फागुन २ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागिता जनाएका थिए । सोही प्रतियोगिताअन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न जान नपाउने भएपछि सन्दीप सर्वोच्च गएका थिए ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन गरेको छ । उक्त मुद्दाको पेशी भने आज हेर्न नभ्याइनेमा परेको छ ।

    सम्बन्धित समाचार...