६ जेष्ठ २०८१, आईतवार

दुई विकेटले विजयी हुँदै सिरिजको च्याम्पियन बन्यो नेपाल

nepal 1

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ। लिगमा नेपालको यो लगातार चौथो जित हो । अर्थात् नेपाल यो सिरिजको च्याम्पियनसमेत बनेको छ ।

फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए।

नेपालले यस सिरिजमा खेलेका ४ खेलमा सबै खेलमा जित निकाल्दै सिरिज विजेता बनेको हो।

सिरिज अन्तर्गत आजभएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डले हराएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ८ विकेट गुमाउँदै ३५ बल बाँकी छदै नेपालले लक्ष्य भेटाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अवजित सर्वाधिक ९५ रन जोडे। उनले १०१ बलमा ४ छक्का र ७ चौकाको मद्धतमा ९२ रन जोडेका हुन्।

यस्तै करन केसीले ३७ बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३१ रनमा अवजित रहे।

नेपालले पहिलो विकेटकारुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनी ४ बलमा १ रन जोड्दै आउट भएका हुन् भने दोस्रो विकेटकारुपमा अर्का ओपनर आशिफ शेखलाई गुमाएको छ। शेख २३ बलमा १२ रन जोड्दै आउट भएका हुन्।

तेस्रो विकेटकारुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। मल्ल ३० बलमा २१ रन जोड्दै आउट भएका हुन्। यस्तै, चौथो विकेटकारुपमा कुशल मल्ललाई गुमाएको छ। उनी २८ बलमा १७ रन जोड्दै आउट भएका हुन्।

नेपालले सन्दीप जोरालाई पाँचौ विकेटकारुपमा गुमाएको छ। उनी ८ बलमा १ रन जोड्दै आउट हुँदा छैटौं विकेटकारुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ। उनी १६ बलमा ७ रन जोड्दै आउट भएका हुन्।

सातौ विकेटकारुपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो। सोमपाल ७ बलमा २ रन जोड्दै आउट भएका थिए।

नेपालका सन्दीप लामिछानेले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले एकै ओभरमा लगातार दुई विकेट लिएका थिए । योसँगै लामिछानेले जारी सिरिजमा १४ विकेट पूरा गरेका छन् ।

यस्तै, करण केसीले २ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले १-१ विकेट लिए । १ विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

नेपालले शुक्रबारको खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो भने नामिबियाविरुद्ध पनि दुई खेल नै जितेको थियो।