२६ बैशाख २०८१, बुधबार

रोहितको लोभलाग्दो प्रदर्शनमा नेपाल च्याम्पियन

331545181 940890437257690 8019924960649083114 n

आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल दुई विकेटले विजयी भएको छ । लिगमा नेपालको यो लगातार चौथो जित हो । अर्थात् नेपाल यो सिरिजको च्याम्पियनसमेत बनेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई स्कटल्यान्डले २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले ४६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

नेपालविरुद्धको खेलमा स्कटल्यान्डका जर्ज मुन्सीले अर्धशतक पूरा गर्दै सर्वाधिक ६० रन बनाए । उनले ५० बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे । यस्तै, म्याथ्यु क्रसले ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड । ब्रेन्डन म्याकमुलेनले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए । यसैगरी, ओपनर काइल कोएत्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२-२२ रनको योगदान गरे ।

नेपालको कसिलो बलिङकासामु अन्य ब्याटरहरुले भने दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान रिची बेरिङटोन र माइकल लिस्क शून्य रनमा आउट भए भने टोमस म्याकिन्टसले १ रन बनाए । यस्तै, क्रिस ग्रेभ्सले ७, मार्क वाटले ८ रन बनाए भने सफिआन शरिफ ८ रन बनाउँदै अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले एकै ओभरमा लगातार दुई विकेट लिएका थिए । योसँगै लामिछानेले जारी सिरिजमा १४ विकेट पूरा गरेका छन् ।

यस्तै, करण केसीले २ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले १-१ विकेट लिए । १ विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

    सम्बन्धित समाचार...