१७ बैशाख २०८१, सोमबार

महामन्त्री गगन थापाको खुलासा : कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल निश्चित् भैसक्नुभयो

Gagan Thapa
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो दलले राष्ट्रपतिको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलाई अघि सार्ने निश्चित् भएको खुलासा गरेका छन् । उनले माओवादी केन्द्रको समर्थनपनि कांग्रेस उम्मेदवारलाई नै हुने पनि दाबी गरेका छन्

पछिल्लो समय राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच सघन छलफल जारी छ । आइतबारमात्रै सभापति शेरबहादुर देउवा र महामन्त्री थापालगायतका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा दाहालले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने वचन दिएको चर्चा छ ।

गगनले आफूनिकट नेताहरुसँग माओवादीसँगको समझदारीमा नै कांग्रेसले राष्ट्रपतिमा रामचन्द्रलाई अघि सार्न लागेको बताउने गरेका छन् । उनले केही दिनअघि पनि वर्तमान सत्ता गठबन्धन पुष १० गतेभित्रै भत्किने दाबी गरेका थिए ।

पछिल्लो समय एमालेले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्ने तयारी गरेको चर्चा छ । तर, माधव नेपाल स्वयमले भने आफूले यसबारेमा कुनै निर्णय वा सोचिनसकेको स्पष्ट पार्ने गरेका छन् ।