२ जेष्ठ २०८१, बुधबार

राष्ट्रपतिमा नाम चर्चामा रहेका माधव नेपालले भने–मैले नै के गर्ने भनेर सोचिसकेको छैन

madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिले के गर्ने भन्नेबारे कुनै कुरा सोचिनसकेको दाबी गरेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटवार्ता भएको र राष्ट्रपतिमा ओलीले उनको नाममा सारेको चर्चा छ । तर, नेपालले भने आफूले अहिले त्यसबारेमा केही नसोचेको जवाफ दिएका छन् ।

आज (मंगलबार) दाङमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले एमालेबाट राष्ट्रपति बन्न आएको प्रस्तावबारे नकारेनन् । तर, त्यसका लागि उनले बृहत्त छलफलको आवश्यकत्ताता औंल्याए ।

नेता नेपालले,‘अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चा–परिचर्चाहरू धेरै छन् । कुनै टुंगो लागेको छैन । चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा भने पावर शेयरिङमा हाम्रो भूमिका हुनुपर्दछ ।’

    सम्बन्धित समाचार...