१६ चैत्र २०८०, शुक्रबार

सरकारले घटायो ‘उद्धार’ उडानको भाडा, कहाँको कति भयो? पुरानो र नयाँ भाडादर सूची

Tribhuwan International Airport

सरकारले विदेशबाट नेपालीको उद्धार गर्दा तोकेको चार्टर्ड उडानको भाडादर घटाएको छ। नेपालीलाई स्वदेश फर्काउँदा चार्टर्ड उडानको अधिकतम भाडा सरकारले हेरफेर गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो। विदेशमा बेखर्ची भएका नागरिकलाई अत्यधिक भाडाको बोझ बोकाउन लागिएको भन्दै सर्वत्र आलोचना भएको थियो।

फेरि घट्याे उद्धार उडानकाे भाडा (नयाँ भाडादर अपडेट)

यही आलोचनाका बीच ओमनस्थित नेपाली दुतावासले सरकारले तोकेको भाडा खारेज गरिदिएर सस्तो भाडा निर्धारण गरेको थियो। नेपाली नियोगले नै भाडा खारेज गरिदिएपछि भाडा हेरफेरका लागि सरकारमाथि दबाब परेको थियो।

उद्धार गरिने देशअनुसार हवाई भाडा निर्धारण गरेको थियो। चार्टर्ड फ्लाइटमार्फत उद्धार गर्नुपर्ने हुँदा हवाई भाडा महँगो हुन गएको मन्त्रालयको तर्क थियो। यसले विषेशगरी वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु मारमा परेका थिए।

हिजो (शुक्रबार्) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडादरमा हेरफेर गरेको छ।

यसमा केही गन्तव्यको समायोजित भाडादरमा कायमै राखिएको भने केही गन्तब्यको घटाइएको छ। विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरू बाहुल्य भएको गन्तव्यमा सरकारले भाडा घटाएको छ।

भाडादरको सूची

गन्तव्यपुरानो भाडा(अमेरिकी डलरमा)नयाँ भाडा (अमेरिकी डलरमा)
बंगलादेश१६५
नयाँ दिल्ली२०५
मुम्बइ३१०
बैंगलोर३३५
बैंकक३९०
कम्बोडिया४००
दुबइ५००४५०
आवुधाबी५००४५०
सारजाह५००४५०
माल्दिभ्स५०५४८०
ओमन५१०४६०
क्वाललम्पुर५२०४६५
दोहा५४५४९०
बहराइन५४५४९०
हङकङ५५०५२०
कुवेत५७०५१०
दमाम(साउदीअरब)५९०५३०
रियाद६३०५६५
जेद्हा७७०६९०
जोर्डन८१५७७५
साइप्रस८७५८३०
नारिता –९३५
खार्तुन(सुडान)९४०८९०
फ्रयाङकफर्ट१२५५११९०
लन्डन१३४०१२८०
सिड्नी नयाँ निर्धारण १६१५
सियोल नयाँ निर्धारण ८७५
hawai bhada

कहाँ उडान कहिले हुन्छ?

बुधबारकै उडान तालिका कायम रहने मन्त्रालयले जानकारी दिएको छ। पहिलो चरणमा सरकारले विभिन्न देशबाट २४ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ।

यसका लागि कूल ६७ चार्टर्ड उडान गर्ने योजना बनाएको सरकारले नेपाली वायुसेवा कम्पनीलाई ४३ र विदेशी कम्पनीलाई २४ उडानको अनुमति दिइने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ।

मितिउडान हुने ठाउँ
जेठ २९कुवेतमा (२ उडान)
जेठ ३२बंगलादेश
असार १माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर/कम्बोडिया, ओमन
असार २दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया)/ माल्दिभ्स
असार ३अष्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका
असार ४साउदी(रियाद), दुबइ, मलेसिया, ओमन
असार ५जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया
असार ६साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन
असार ७दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया
असार ८अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार
असार ९जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा
असार १०साउदी अरब, कुवेत
असार ११संयुक्त राज्य अमेरिका, साइप्रस/इजरायल